BREAKING NEWS

सूचना, संचार, प्रविधि

खेलकूद

साहित्याकाश

समाचार

मनोरञ्जन

विचित्र संसार

स्वाथ्य जीवन शैली

LATEST

Thursday, December 4, 2014

हामीले प्रयोगकर्ताका तस्वीर बेच्दैनौँ -फेसबुक

हालै आफ्नो गोपनीयता नीति परिवर्तन गरेको फेसबुप्रति धेरै प्रयोगकर्ताको एउटै चिन्ता थियो की कतै प्रयोगकर्ताले अपलोड गरेका तस्वीरहरु फेसबुकले व्यवसायिक स्वार्थका लागि प्रयोग गर्छ की ? यस्तो चिन्ता राख्नेमा व्यवसायिक फोटोग्राफर देखि लिएर एमेच्योर तथा सर्वसाधारण समेत थिए । तर यो चिन्तालाई सम्वोधन गर्दै फेसबुकले प्रयोगकर्ताका तस्वीरहरुको स्वामित्व आफुले नलिने र त्यसलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्ने स्पष्ट पारेको छ । फेसबुकका म्याट स्टेनफिल्डको भनाइलाई उधृत गर्दै टाइम्स

म्यागेजिनले फेसबुक प्रयोगकर्ताको मन्जुरी विना उनीहरुका तस्वीरको व्यवसायिक प्रयोग नगर्ने प्रतिबद्धता फेसबुकले दोहोराएको उल्लेख गरेको छ । फेसबुकको सेवाका सर्तहरु सम्बन्धि अनुच्छेदमा उल्लेखित प्रयोगकर्ताका सूचना तथा सामाग्रीहरुको गोपनियता सम्बन्धि व्यवस्था परिवर्तन नभएको फेसबुकका अधिकारीहरुले बताएका छन् । 

फेसबुकको गोपनियता संचार प्रबन्धक म्याट स्टेनफेल्डले भनेका छन्, ‘हामीसँग नभएको सम्पत्ति हामीले बेच्न सक्दैनौँ । तपाइँले फेसबुकमा शेयर गरेका चिजहरु तपाइँका हुन् 

Wednesday, December 3, 2014

कति हाँस्नु ! हाँसेरै मर्ने भया !! रमाईलो मज्जाको भिडेओ रहेछ यो त !!! एक पटक हेर्नुस र मज्जाले हास्नुस..

रमाईलो मज्जाको भिडेओ रहेछ यो त !!! एक पटक हेर्नुस र मज्जाले हास्नुस..

Monday, December 1, 2014

युवती नाङ्गीरहेको देखेपछि महानायक हमालले यो के गर्दै ! (भिडियोमा चर्तिकला हेर्नुहोस्)

भिडियो हेर्न फोटोङ्गा क्लिक गर्नुहोस् ...


Saturday, November 29, 2014

मान्छेहरु पनि के-के पनि गर्न जानेका !!!! (हेर्नुहोस अचम्मको भिडियो)

माग्ने बुढा हिरो, मैयाँ हिरोइन (भिडियो)

काठमाडौं । हाँस्य ब्याङग्यको क्षेत्रमा आफ्नै स्थान बनाएका कलाकार केदार घिमिरे (माग्ने बुढा) र सुनिता (मैयाँ) हिरो हिरोइन बनेका छन् ।
श्रीदेबी देबकोटाको नयाँ गीत ‘चोर बिराला’ मा हाँस्य टेलिचलचित्र ‘मेरीबास्सै’का यी जोडीले अभिनय गरेका छन् । सिरियलमा पाको उमेरका जोडी बनेका यी कलाकार म्युजिक भिडियोमा भने बिबाह गर्ने उमेर पुगेका तर, बिबाह नभएका पात्रको रुपमा देखिएका छन् ।
तिम्रा वाले जहिले नि धपाउने
मैले स्वास्नी तिम्ले पोइ नपाउने…
यसो भन्दै माग्ने बुढा मैयालाई भेट्न झ्यालवाट छिरेको दृष्यले दर्शकलाई रोमान्चित बनाउँछ । सुरबीर पण्डित ‘दार्‍ही बुढा’ पनि यो भिडियोमा मैयाँको बाबु बनेर प्रस्तुत भएका छन् । उनी आफ्नै छोरीलाई सकेसम्म केटाहरुवाट टाढै राख्न खोज्छन् । तर, माग्नेबुढाको अगाडी उनको केही लाग्दैन ।
म्युजिक भिडियोको छुट्टै प्रभाव भएको धारणा राख्ने माग्ने बुढाले आफ्नो चरित्र सुहाउँदो भएकाले अभिनय गरेको बताए ।
भिडियो 
-Source: http://www.onlinekhabar.com

Friday, November 28, 2014

‘आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान, ११ जना मारिए

तस्वीरः एजेन्सी 
काठमाडौं, मंसिर १२ । भारतको जम्मु–कश्मीरमा ‘आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान हुँदा ११ जना मारिएका छन् । जम्मुको अरनिया सेक्टरमा विहीबार भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् ।

अरनियाको बंकरभित्र रहेका ‘आतंकवादी’ले सेनामाथि गोली चलाएपछि भिडन्त भएको हो । मारिनेमा ४ जना ‘आतंकवादी’, ४ जना सर्वसाधारण र ३ जना सुरक्षाकर्मी रहेका छन् ।

भारतमा विधानसभाको चुनाव प्रचारप्रसारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु–कश्मीरको उधमपुर पुग्ने कार्यक्रम तय भएकै बेला मूठभेड भएको जनाइएको छ । (एजेन्सी)-Source: http://imagekhabar.com

Sunday, November 23, 2014




 
Copyright © 2013 हरेक खबर, रोचक खबर
Share on Blogger Template Free Download. Powered byBlogger