BREAKING NEWS

सूचना, संचार, प्रविधि

खेलकूद

साहित्याकाश

Saturday, November 22, 2014

पैसा दिने नयाँ सामाजिक सञ्जाल 'सु'

एसबी गौतम 
'सामाजिक सञ्जालमा लाखौं मानिसको दैनिक घन्टौं समय खेर गइरहेको छ। इन्टरनेटमा समय खर्च भएबापत फेसबुक,  ट्वीटरले न पैसा दिन्छ न त हजारौं साथी एवं फलोअर्सबाट कुनै काम लिन सकेको छ। इन्टरनेटको लत त्याग्न सके अफ लाइनमा सिर्जनात्मक काम गर्न सकिन्थ्यो कि?' यस्तो सोच राख्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई ध्यानमा राखेर नयाँ सामाजिक सञ्जाल सु (tsu.co)  इन्टरनेट बजारमा आएको छ। 

७० लाख अमेरिकी डलर कुल बजेटमा  अमेरिकाको न्युयोर्कबाट गत अक्टोबर १४ देखि सु सर्बजनिक गरिएको यसका संस्थापक सेबस्टियन सोबज्याकलाई उद्धृत गर्दै चर्चित टेक साइट रिकोर्ड डटनेटले लेखेको छ ।  सुमा एकाउन्ट बनाइसकेका साथीको सटकोर्ड प्रयोग गरेर (उदाहरणको लागि) नयाँ एकाउन्ट बनाउन सकिने यो सञ्जाल फेसबुक, ट्विटरका प्रयोगकर्तालाई खासै नौलो लाग्दैन। 

स्टेटस अपडेट, लाइक, कमेन्ट, सेयर, म्यासेज, फ्रेन्ड रिक्वेस्ट, एसेप्ट, फलोलगायतका सुविधा यसमा छ। चर्चित खेलाडी एवं हलिउड  सेलिब्रेटीमार्फत प्रमोसन गराइरहेको सुले छोटो समयमै अमेरिका, भारत, ब्राजिल, श्रीलंका, अस्ट्रेलिया आदि लगायतबाट १० लाख प्रयोगकर्ता पाइसकेको छ ।

सुको आम्दानीको स्रोत अनलाइन विज्ञापन हो। अनलाइन विज्ञापनदाता कम्पनीको सहकार्यमा प्रयोगकर्ताको टाइमलाइनमा विज्ञापन देखाउने गर्छ। त्यसको कमाई प्रयोगकर्तासँग बाँड्ने सुले जनाएको छ।  सुको दाबीअनुसार कमाइको १० प्रतिशत साइट सञ्चालन गर्न खर्च गरिने, ९० प्रतिशत विभिन्न माध्यम र प्रक्रिया हुँदै प्रयोगकर्तालाई प्रदान गरिनेछ।

न्युनतम एकसय डलर कमाइ भइसकेपछि बैंक खातामा जम्मा गर्न सकिने जनाएको यो साइटले अमेरिकी बैकंमा एकाउण्ट नभएकाहरुले भने साथीको एकाउण्टमा ट्रान्सफर गरेर, सुमै अनलाइन विज्ञापन गरेर एवं च्यारिटीमा सहयोग गरेर खर्च गर्न सकिने उल्लेख गरेको छ । Source: http://www.annapurnapost.com

ADD HERE

Post a Comment

 
Copyright © 2013 हरेक खबर, रोचक खबर
Share on Blogger Template Free Download. Powered byBlogger